Qatar मा विदेशीले पनि आफ्नै Company खोल्न मिल्छ?
मिल्छ। तर Signatory र Bank को कुरा सुरुमै मिलाउनु राम्रो हुन्छ, नत्र पछि अतिरिक्त खर्च र झन्झट हुन्छ।
Signatory को लागि Qatari नागरिक चाहिन्छ?
चाहिँदैन। Qatar मा बस्ने Residence भएको व्यक्ति भए पुग्छ, जसको Signature बैंक र अन्य कामहरूमा चल्छ।
१० Visa Quota भनेको के हो?
तपाईँको Company ले १० जनासम्मका लागि Visa निकाल्न पाउने सीमा हो। सबै Visa तुरुन्तै लिनै पर्छ भन्ने होइन।
ID पहिले बनाएर Qatar आउनुको अर्थ के हो?
Qatar Residence नभएकाहरूले पहिले ID बनाउँछन्, त्यसपछि Qatar मा Company (CR) बनाउँछन्। यो आफैँले Signature गर्ने अवस्थाका लागि मात्र उपयुक्त हो, स्थायी समाधान होइन।
Package मा के के समावेश छ?
Name Approval, Single Window मा Firm Opening, CR, Establishment Card, AOA, Commercial Permit, १० Visa Quota, Visa Quota निकाल्ने बेलासम्मका सबै काम। QVC को पेमेन्ट र Basic Insurance Package मा पर्दैनन्। Visa निकालेपछि प्रति Visa लाग्ने खर्च तपाईँको आफ्नै हुन्छ।
Package मा सबै खर्च आउँछ?
Package मा माथि लेखिएका सेवा समावेश छन्। Activity अनुसार लाग्ने थप सरकारी शुल्क र नियमित खर्च अलग हुन सक्छ। Consultation मा पूरा हिसाब देखाइन्छ।